NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विद्युत निर्यातको पक्षमा छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफू विद्युत निर्यात गर्ने पक्षमा नभएको बताएका छन् । बिहीबार नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपालले आयोजना गरेको नाडा इभी एक्स्पो २०२२’ को उद्घाटन कार्यक्रममा उनले सो बताएका हुन् ।

अथर्मन्त्री शर्माले विद्युत निर्यात गर्ने वस्तु नभएर उत्पानदन गर्ने वस्तु भएको उल्लेख गरे । उनले भने, ‘म विद्युत निर्यातको पक्षमा छैन, विद्युत निर्यात गर्ने वस्तु होइन । विद्युत भनेको उत्पादनमा लगाउने वस्तु हो । विद्युतबाटै उत्पादित वस्तु मात्रै निर्यात गर्ने हो ।’

अर्थमन्त्री शर्माले विद्युतबाट हाइड्रोजन, एमोनियाजस्ता वस्तु उत्पादन गरेर निर्यात गर्न सकिने बताए । नेपालमा हिजोका दिनमा पेट्रोलियम पदार्थ नपाएर हाहाकर हुने अवस्थाको सामना गर्नुपरेको स्मरण गर्दै उनले अब हामीले पाँच वर्षभित्र हाइड्रोन उत्पादन गर्न सक्ने ठाउँमा पुग्नुपर्ने जनाए ।

त्यसको लागि नीतिगत योजनाको तयारीसमेत भइसकेको उनको भनाइ थियो । अहिले हाइड्रोन उत्पादनसम्बन्धी छफलल सुरु भइसकेको उनले बताए । हाइड्रोन उत्पादनको लागि लगानीकर्तासमेत आकर्षित भएको अर्थमन्त्री शर्माको भनाइ छ । हाइड्रोजन उत्पादन गरेर आफ्नो मागलाई पूर्ति गर्ने र विश्वमा प्रतिस्पर्धी हाइड्रोजन बनाउन सक्ने क्षमता नेपालसँग भएको उनको दाबी छ ।

‘तत्काल हामीले सिमेन्ट, स्टील,पानीस्ता वस्तुलाई ठूलो आंकडामा निर्यात गर्न सक्यौ भने त्यसबाट आउने विदेशी मुद्रा नाडाजस्ता व्यवसायीहरुलाई हामी डलर दिन सक्थ्यौ र उहाँहरुले व्यवसाय गर्न सक्नुहुन्थ्यो,’ उनले भने । अहिले ग्रीन अर्थतन्त्रको विषयको बहस विश्वमा चलिरहेको छ । ग्रिन अर्थतन्त्र कसरी निर्माण गर्ने, जलवायु परिवर्तनले पारेको प्रभावलाई कसरी नियन्त्रण गर्ने, त्यसबाट उत्पन्न हुने समस्याबाट कसरी बच्ने भनेर बहस भइरहेको छ । अर्थमन्त्री शर्माले नेपालको कारण विश्व जलवायु परिवर्तनमा ठूलै प्रभाव पारेको नभएतापनि नेपालमा भने यसले बाढी पहिरो, बेमौसी बर्षा, हिउँ पग्लिने समस्याले ठूलो समस्या पारेको बताए ।

‘हामीले ग्रीन अर्थतन्त्र निर्माण गर्ने दिशाातिर लाग्नुपर्छ । हामीसँग प्राकृतिक स्रोत, साधन छन्, यसको प्रयोग गनुपर्छ । विद्युतबाटै इन्धनको आपूर्ति गर्ने बेला आएको छ । त्यतारितर राज्यले कदम चाल्नुपर्ने बेला आएको छ । यही २४ गते नेपालमा ग्रिन हाइड्रोजन सेमिनार हुन लागेको पनि उनले जानकारी गराए ।

त्यसैगरी कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालमा कहिले पेट्रोलियम गाडी रोकिन्छ भन्ने विषयमा छफललको लागि राष्ट्र सचिवको नेतृत्वमा एउटा कमिटी बनाएको बताए । त्यो कमिटीले कति वर्षमा नेपालमा पेट्रोलियम गाडी रोकिन्छ भनेर समयमै त्यसको जानकारी गराउनेसमेत उनको भनाइ थियो । त्यस विषयमा छलफल भइरहेको छ । कम्तीमा पाँच वर्षपछि नेपालका सब पेट्रोलियम गाडी इभीमा रुपान्तरण हुनुपर्ने उनको धारणा थियो । साथै उनले हाइड्रोजनबाट चल्ने गाडीहरु तुरुन्तै तयार गर्नुपर्ने बताए । अबको एक देशकपछि नेपाल हाइड्रोजनबाट चल्ने गाडीमा पुग्नुपर्छ । नाडाले त्यो विषमा सोच्नु पर्छ अब । यहाँहरुको ध्यानमा त्यसमा पुगिरहोस् ।

नाडाले आजदेखि ३ दिनसम्म सञ्चालन गर्न लागेको नाडा इभी एक्सपो सान्दर्भिक भएको उल्लेख गर्दै उनल यो कार्यक्रम नाडाको मात्रै नभएर सरकारकोसमेत भएको उल्लेख गरे । सरकारले यस वर्षको नीति र बजेटको कार्यक्रममा जुन प्राथामिकता तोकिरहेको छ त्यसलाई कार्यान्वयन गर्न नाडाको यस कार्यक्रमले ठूलो भूमिका निभाउन मद्दत गर्न सक्ने उनको भनाइ छ ।

उनले भने, ‘नाडाले पहिलो पटक राखेको इभी एक्सपो प्रर्दशनी मात्रै नभएर हाम्रा आवश्यकताहरु के हुन्, हामी कतातिर जाँदैछौँ भन्ने कुरालाई समेत बजेट, छलफलमा ल्याउन महत्वपूर्ण योगदान गर्ने बुझेको छु ।’

‘नाडा इभी एक्स्पो २०२२’ आजदेखि