NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

हिन्दीमा डबिङ भएको प्रेमगीत -३ ले पायो नेपाली चलचित्रको मान्यता

काठमाडौं । प्रेमगीत ३ को हिन्दीमा डबिङ भएको चलचित्रलाई सरकारले नेपाली चलचित्रको मान्यता दिएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रेमगीत -३ को हिन्दी भर्सनलाई बुधबार नेपाली चलचित्रको मान्यता दिएको हो ।

मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले हिन्दी भाषाको प्रेमगीत -३ लाई पनि नेपाली चलचित्र सरहको कर छुट लगायतका सुविधा दिइएको बताए । अब यो चलचित्रले १५ प्रतिशत कर छुट पाउने छ ।

यसअघि चलचित्र विकास बोर्डले प्रेमगीत -३ लाई विदेशी चलचित्र सरह सेन्सर सिफारिस गरेको थियो । यसले गर्दा विवाद बढेको थियो ।

यसलाई लिएर मन्त्रालयले बोर्डका अध्यक्ष भुवन केसीसँग स्पष्टीकरणसमेत सोधेको छ ।

प्रेमगीत -३ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङलगायतले अभिनय गरेका छन् । यसको प्रदर्शन नेपाल र भारतसँगै विभिन्न देशमा समेत हुने बताइएको छ ।