NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

म्यादीका लागि कति पर्यो आवेदन ?

काठमाडौं । म्यादी प्रहरीका लागि दोब्बर बढी आवेदन परेको छ ।

आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सरकारले गत भदौ ३० गते १ लाख १५ हजार म्यादी प्रहरी माग गरेको थियो । ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन बुझाउन सकिने गरी बिहीबारसम्मको समयसीमा तोकिएकोमा २ लाख ३२ हजार ८८ जनाले आवेदन बुझाएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए ।

प्रदेशगत हिसाबले सबैभन्दा धेरै ६६ हजार ८८४ को निवेदन परेको छ ।

आवेदन दिने समयसीमा शुक्रबारबाट सकिएकाले छनोटको तयारी गरिएको छ । प्रहरीका अनुसार ०७४ को निर्वाचन र ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीको हकमा अन्तर्वार्ताकै आधारमा छनोट गरिनेछ । तालिमको प्रक्रिया पनि केही लचिलो हुन बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष