NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मैत्रीपूर्ण खेलका लागि बंगलादेशको फुटबल टोली आज नेपाल आउँदै

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली आज नेपाल आइपुग्ने भएको छ ।

बंगलादेशको टोली राति ९:१५ बजे नेपाल आइपुग्ने तालिका रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाल र बंगलादेशबीच असोज ११ गते काठमाडौंको दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल हुनेछ । यसका लागि नेपालका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले बिहीबार अन्तिम टोली घोषणा गरिसकेका छन् ।

यसअघि बिहीबार बंगलादेशले कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा बंगलादेश १–० ले विजयी भएको थियो ।

फिफा वरीयतामा बंगलादेश नेपालभन्दा पाँच स्थान माथि छ । नेपाल १७६ स्थानमा छ भने बंगलादेशको स्थान १५६ छ ।

बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली घोषणा, दुईजना नयाँ अनुहार