NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

पल शाहको पेशी यसै महिना

काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाहको पेशी यसै महिनालाई तोकिएको छ ।

आगामी असोज २६ गतेका लागि तोकिएको उनका कानून व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

नवलपुर जिल्ला अदालतले भने शाहलाई साढे दुई वर्षको कैद र २५ हजार जरीवानाको फैसला गरिसकेको छ ।

साथै, नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय गरेको थियो ।