NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रेमगीत –३ को प्रदर्शन सुरु, विश्वभरका ६०० थिएटरमा लाग्यो

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘प्रेम गत –३’ आजदेखि प्रदर्शनमा लगाएको छ । कोरोना भाइरस संक्रमणको महामारी अगाडि नै बनेको चलचित्र प्रेम गीत –३ दशैंको अवसर पारेर आजदेखि प्रदर्शन भएको हो ।

नेपाली र हिन्दी भाषामा निर्माण भएको चलचित्र प्रेमगीत–३ आजबाट नेपाल र भारतसँगै विश्वव्यापी रिलिज भएको निर्माण पक्षले जनाएको छ । यो चलचित्र विश्वभरका करिब ६०० थियटरमा प्रदर्शन सुरु भएको छ । तीमध्ये डेढ सय हल नेपालकै हुन् । भारतका ३३० वटा हलमा चलचित्र प्रदर्शनमा आएको बताइएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्र विगतको बन्दाबन्दीका कारण प्रदर्शन हुन सकेको थिएन ।

आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र साङ्गीतिक प्रेम कथामा आधारित हो ।

यसअघि ‘प्रेम गीत’ ‘प्रेम गीत २’ प्रदर्शनमा आइसकेका छन् । अभिनेता प्रदीप खड्का र नवअभिनेत्री कृष्टिना गुरुङको मुख्य अभिनय रहेको छ ।

साथै, यस चलचित्रमा मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगिषा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको पनि अभिनय रहेको छ ।

दशैंमा नेपाली फिल्म हेर्ने सोचमा हुनुहुन्छ ? चल्दैछन् यी चलचित्र

हिन्दीमा डबिङ भएको प्रेमगीत -३ ले पायो नेपाली चलचित्रको मान्यता

ताजा अपडेट

नेपालवाच विशेष