NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पल शाहविरुद्धको फैसलाको पूर्णपाठ आयो (पूर्णपाठसहित)

काठमाडौं । अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । पूर्णपाठ नवलपुर जिल्ला अदालतले शुक्रबार सार्वजनिक गरेको हो ।

पूर्णपाठमा दुर्गेश थापा, सरोज ओली, सम्राट चौंलागाईँलगायत यस प्रकरणमा दृश्यमा आएका र प्रत्यक्षदर्शी भनिएकाहरूको मुचुल्कालगायत प्रायः सबै विषय समावेश गरिएको छ ।

अदालतले स्टारडमको महत्वबारे पनि प्रकाश पारेको छ ।

‘आफू स्टार हुँ भन्ने एउटा वयस्क व्यक्तिले पर्दामा मात्र होइन, वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्छ,’ अदालतले फैसलामा भनेको छ ।

गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नाबालिग एक गायिकामाथि बलात्कारको मुद्दामा अभिनेता शाहलाई सफाइ दिएको थियो ।

यद्यपि, बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाउनका साथै २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

साथै, यस्तै पीडित नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो ।

यस्तो छ फैसलाको पूर्णपाठ :

पल शाहको पेशी यसै महिना