NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

राष्ट्रिय टोलीमा नपरेकोमा नवयुगले पोखे असन्तुष्टि

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीमा नपरेकोमा स्ट्राइकर नवयुग श्रेष्ठले असन्तुष्टि पाखेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शुक्रबार असन्तुष्टि पाखेका हुन् ।

आफूमाथि चलखेल भएकाले आफूले राष्ट्रिय टोलीमा स्थान नबनाएको नवयुगको आरोप छ ।

फेसबुकमा उनले लेखेका छन्, ‘रोगको लक्षण : विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर । रोगको नाम : चलखेल ।’

१० सिनियर खेलाडीसँग विवाद भएपछि तत्कालीन विदेशी प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नवयुगलाई कप्तान बनाएका थिए ।

झण्डै दुई महिनाअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अलमुताइरीको सट्टामा प्रदीप हुमागाईँलाई कार्यवाहक प्रशिक्षक तोकेको थियो । त्यसपछि अलमुताइरीले राजीनामा दिएका थिए ।

अलमुताइरीले हटाएका १० खेलाडीलाई समावेश गरेर हुमागाईँले यही असोज ११ गते हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली गठन गरेका छन् ।

त्यसमा अल्मुताइरीले कप्तान बनाएका नवयुगसँगै पुजन उपरकुटीलगायत खेलाडी समावेश छैनन् । यसैप्रति नवयुगले असन्तुष्टि पोखेका हुन् ।

हुमागाईँ राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षक नियुक्त

बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली घोषणा, दुईजना नयाँ अनुहार