NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

निजामती सेवामा ८६ हाकिम दम्पती

काठमाडौं । श्रीमान्–श्रीमती एकै पेसामा रहेका उदाहरण धेरै छन् । यस्ता उदाहरणीय जोडी निजामती सेवामा पनि उल्लेख्य छन् । अधिकृतदेखि सचिवसम्मका पदमा कार्यरत ८६ ‘हाकिम दम्पती’को नयाँ पत्रिकाले पहिचान गरेको छ । सचिव र सहसचिव वा अधिकृतका चार जोडी छन् । दुवै सहसचिव रहेका पाँच, सहसचिव र उपसचिवका ६, सहसचिव र शाखा अधिकृतका १०, दुवै उपसचिव रहेका १६, उपसचिव र शाखा अधिकृतका २५ तथा दुवै शाखा अधिकृत रहेका २० जोडी छन् ।

यीमध्ये कतिपयले सरकारी सेवामा प्रवेश गरेपछि दाम्पत्य जीवन सुरु गरेका हुन् भने कतिपयले विवाहपछि एक–अर्कालाई आफ्नै पेसामा प्रवेश गराएका हुन् । श्रीमान्–श्रीमती मात्रै होइन, परिवारै निजामती सेवामा रहेका उदाहरण पनि छन् । कुनै परिवारमा सबै दाजुभाइ, कुनैमा सबै दिदीबहिनी लोकसेवामा नाम निकालेर उदाहरणीय बनेका छन् ।

पाँच छोरा र चार बुहारी हाकिम, कान्छी बुहारी मन्त्री

गत ३० फागुनमा १२ वर्षीया दलित बालिकाले आफ्नो घरभित्र छिरेर दही खाएको आरोपमा मन्थली नगरपालिका– ६ का नगरकोटीले बन्धक बनाएर यातना दिएका थिए । प्रहरीले उनलाई पक्राउ गरी रिट दायर गरेको थियो । न्यायाधीश इन्दिरा शर्माको इजलासले गत २९ भदौमा त्यससम्बन्धी फैसला दिएकोमा शुक्रबार सजाय निर्धारण गरेको हो ।

नगरकोटीकी श्रीमती बालकुमारी र छोरा रोशनलाई भने अदालतले सफाइ दिएको छ । छुवाछुतसम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय ऐतिहासिक भएको अधिवक्ता यमकुमारी ददेलले बताइन् । ‘नेपालमा जातीय विभेदको मुद्दामा अहिलेसम्म एक वर्ष कैद सजाय भएको थिएन,’ उनी भन्छन्, ‘त्यसकारण यो फैसला एकदमै महत्वपूर्ण छ ।’

भाग्यमानी भट्टराई जसका ६ छोरी र पाँच ज्वाइँ छन् निजामती सेवामा

सो घटनापछि अधिकारकर्मी तथा राष्ट्रिय दलित आयोगको टोलीले समेत स्थलगत अध्ययन गरी दोषीलाई कारबाहीका लागि दबाब दिएका थिए । त्यस्तै, बालिकालाई बन्धक बनाएकोमा शरीर बन्धक मुद्दासमेत चलेको थियो । जसमा शुक्रबार फैसला भई नगरकोटीलाई तीन वर्ष ६ महिना कैद र ३५ हजार रुपैयाँ जरिवाना भएको छ । साथै, पीडित राहत कोषमा एक हजार चार सय जम्मा गराउने फैसलासमेत भएको छ । घरभित्रै बन्धक बनाइएकोमा बालिकालाई भोलिपल्ट परिवारका सदस्यले देखेका थिए । त्यसपछि पनि जनप्रतिनिधिको दबाबपछि मात्र उनले बालिकालाई मुक्त गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले सोधीखोजी गरेका छन् ।

दाजु–बहिनी नै सचिव