NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

खराब बन्दै जर्मनीको विश्वकप तयारी, तुलनात्मक कमजोर टोलीसँग घरमै स्तब्ध

काठमाडौं । चार पटकको विश्वकप फुटबल विजेता जर्मनीको कतार विश्वकप तयारी खराब बन्दै गएको छ ।

युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा गएराति जर्मनी घरमै पराजित भएको छ । त्यो पनि तुलनात्मक कमजोर हंगेरीसँग ।

नेसन्स लिगको समूह चरणको खेलमा हंगेरीले घरेलु टोली हंगरीलाई १-० गोल अन्तरले स्तब्ध बनाएको हो । यो जर्मनीका लागि लज्जास्पद हार हो ।

हंगेरीको जितमा कप्तान एडम सजलाई नायक बने । उनले १७ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बनेको हो ।

यस जितसँगै लिग एको समूह ३ मा रहेको हंगेरीले पाँच खेलबाट १० अंक जोडेको छ । हंगेरी शीर्ष स्थानमा छ ।

जर्मनी मात्र ६ अंक जोडेर तेस्रो स्थानमा छ ।

विश्वकप आउन दुई महिनाभन्दा कम समय बाँकी रहँदा दाबेदारमध्येको एक जर्मनीको घरेलु मैदानमा भएको हारलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेसन्स लिग छुट्टै प्रतियोगिता हो । यद्यपि, अहिलेको नेसन्स लिगका खेल विश्वकपको तयारीस्वरुप खेलिएका हुन् ।