NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विश्वकपको दाबेदार मानिएको इंग्ल्याण्ड नेसन्स लिगको रेलिगेसनमा

काठमाडौं । इंग्ल्याण्ड युइएफए नेसन्स लिग फुटबलको रेलिगेसनमा परेको छ ।

गएराति भएको खेलमा इटालीसँग १-० ले पराजित हुँदै इंग्ल्याण्ड रेलिगेसनमा परेको हो । इंग्ल्याण्ड लिग एबाट बीमा झरेको छ ।

घरेलु टोलीको जितमा जियाकोमा रास्पाडोरी नायक बने । उनले ६८ औँ मिनेटमा गोल नै निर्णायक बनेको हो ।

यस जितसँगै लिग एको समूह ३ मा रहेको इटाली पाँच खेलमा आठ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै, जर्मनीलाई घरमै स्तब्ध बनाएको हंगेरीले पाँच खेलबाट १० अंक जोडेको छ । हंगेरी लिगको शीर्ष स्थानमा छ ।

जर्मनी मात्र ६ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

रेलिगेसनमा परेको इंग्ल्याण्डले पाँच खेलबाट दुई अंकमात्र जोडेको छ । इंग्ल्याड जितविहीन छ ।

विश्वकप आउन दुई महिनाभन्दा कम समय बाँकी रहँदा दाबेदारमध्येको एक इंग्ल्याण्डको रेलिगेसनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेसन्स लिग छुट्टै प्रतियोगिता हो । यद्यपि, अहिलेको नेसन्स लिगका खेल विश्वकपको तयारीस्वरुप खेलिएका हुन् ।

खराब बन्दै जर्मनीको विश्वकप तयारी, तुलनात्मक कमजोर टोलीसँग घरमै स्तब्ध