NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जनकपुर गएका ओलीले कालो झण्डाको सामना गर्दै चढे रेल

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनकपुर जयनगर रेल चढेका छन् । शनिबार पार्टी प्रवेशको कार्यक्रमका लागि जनकपुर पुगेका ओलीले पहिलोपटक त्यहाँको रेल चढेको बताइएको छ ।

ओली रेल चढेर धनुषाकै विदेह नगरपालिका पुगेका थिए । उनकै कारण निर्धारित समयभन्दा एक घण्टा ढिला रेल गुडेको थियो ।

जनकपुर गएर पहिलोपटक रेल चढाइ ओलीका लागि त्यति सुखद भने भएन । किनकि, त्यहाँ उनले विरोधीहरूले देखाएको कालो झण्डाको सामना गर्नुपर्यो ।

उनलाई एकीकृत समाजवादी र जसपाका कार्यकर्ताले कालो झण्डा देखाउने प्रयास गरेका थिए । तर, त्यसलाई प्रहरीले पूर्ण सफल हुन नसकेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुमा ओलीको हात रहेको भन्दै उनलाई कालो झण्डा देखाइएको हो ।