NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

शेखर पक्षका नेताहरूले देउवालाई भने : समानुपातिक सूची सच्याऊ

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्द सूचीप्रति असन्तुष्टि जनाएको छ ।

शुक्रबार काठमाडौंमा भएको आफ्नो पक्षको भेलामा नेताहरूले सभापति शेरबहादुर देउवा पक्षले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची एकपक्षीय बनाएको भन्दै त्यसलाई सच्याउन उनलाई खबरदारी गरेका हुन् ।

नेता गुरुराज घिमिरेले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँगै गठबन्धनका नेताहरूको समेत आलोचना गरे ।

सभापति देउवाले एकपक्षीय रुपमा जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न पनि अप्ठेरो पर्ने उनले बताए ।

‘पार्टीमा न्यायोचित रुपमा टिकट वितरण नगर्ने हो भने हामीलाई ४० प्रतिशत भाग चाहिन्छ,’ घिमिरेले भने ।

उनले सत्तारुढ गठबन्धनको बैठकमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने बताउँदै पार्टीभित्र न्यायोचित अवसरका लागि शेखर पक्षका पदाधिकारी र नेताहरूलाई खुट्टा नकमाउन आग्रह गरे ।

भेलामा नुवाकोटका पूर्वसभापति जगदीश्वर नगरसिंह केसी, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्यलगायतले सभापति देउवाले पार्टीका लागिभन्दा गठबन्धनमा बढी ध्यान दिएको भन्दै आपत्ति जनाए ।

बानेश्वरमा आज किन भेला हुँदैछन् शेखर पक्षका नेता–कार्यकर्ता ?