NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मेसीको जर्सीबाट पिएसजी मालामाल

लियोनल मेसी गत वर्ष बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध भएका थिए । मेसीको आगमनसँगै पिएसजीले खेलमा मात्र नभएर आर्थिक पक्षमा समेत निकै सुधार गरेको छ । पिएसजीले एक वर्षको अवधिमा मेसीको जर्सी बिक्रीबाट ६० प्रतिशत आर्थिक स्रोत बढेको जनाएको छ । एक वर्षभित्र पिएसजीले मेसीको जर्सी बिक्री गरी ६ सय १० मिलियन पाउन्ड आर्जन गरेको छ ।

एक वर्षभित्र नै मेसी पिएसजीमा सर्वाधिक चर्चित खेलाडीमा परेका छन् । सातपटकको बालोन डिअर विजेता मेसीका फलोअर्स पिएसजीमा असंख्य छन् । पहिलो सिजनमै मेसीले पिएसजीमा फ्रेन्च लिग वानको उपाधि जितेका थिए । पहिलो सिजनमा खासै प्रभावशाली प्रदर्शन गर्न नसकेका मेसीले यस सिजनमा सबैखाले प्रतियोगितामा गरी ११ गोल गरेका छन् ।

दोस्रो सिजनमा मेसी चम्किएपछि उनका जर्सीको बिक्री ह्वात्तै बढेको पिएसजीले जनाएको छ । पिएसजीले अहिले २.६ देखि ६.९ मिलियन प्रायोजन पाएको छ । यी सबै प्रायोजक मेसीकै कारण लगानी गर्न चाहेको पिएसजीको भनाइ छ । यो एक वर्षभित्र पिएसजीले १० लाख जर्सी बिक्री गरेको छ । जर्सीको गुणस्तर अनुसार ७९ पाउन्डदेखि एक सय ४० पाउन्डसम्म मूल्य राखिएको छ ।

पिएसजीका बिजनेस डाइरेक्टर मार्काले मेसीको जर्सी अझै सोचेजस्तो बिक्रीमा नगएको बताएका छन् । ‘बजारमा मेसीको जर्सी माग धेरै छ, हामीले सोचेजस्तो माग पूरा गर्न सकिरहेका छैनौँ,’ मार्काले भने, ‘अहिले ३०–४० प्रतिशत मात्र व्यापार बढेको छ ।’ तर, सोसेल मिडियामा मेसीकै कारण पिएसजीको फलोअर्स बढी रहेको छ । प्रतिसाता पिएसजीको फलोअर्स १५ मिलियनभन्दा बढी रहेको छ ।

नयाँ पत्रिकाबाट