NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बन्दसूचीले कांग्रेसमा बबाल

काठमाडौं । कांग्रेसको असन्तुष्ट समूहले आफ्नो शक्ति नजरअन्दाज गरी सिट बाँडफाँट भए गठबन्धनकै उम्मेदवारलाई भोट नदिने चेतावनी दिएको छ । नेता शेखर कोइराला, गगन थापा समूहको शनिबार काठमाडौंमा भएको खबरदारी भेलाले यस्तो चेतावनी दिएको हो ।

भेलामा कोइराला र थापा भने रणनीतिक रूपमै उपस्थित भएनन् ।

भेलामा नेताहरूले कांग्रेसबाहेक दलका उम्मेदवारको जिम्मा लिन नसक्नेसमेत बताएका छन् । यो समूहले कांग्रेसको आन्तरिक एकता नभए गठबन्धन सफल नहुने दाबी पनि गरेको छ ।

पार्टी संस्थापनले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो समूहलाई बेवास्ता गरेको नेताहरूको भनाइ छ । बन्दसूची नसच्याइए र प्रत्यक्षमा ४० प्रतिशत सुनिश्चित नगरे निर्वाचन बहिस्कार गर्ने वा देशभर आफ्ना उम्मेदवार उठाउनेसम्मको चेतावनी कोइराला समूहको छ ।

नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई मात्र होइन, गठबन्धनका अन्य नेताहरूलाई समेत असन्तुष्टिको सन्देश दिएका छन् । गठबन्धनका नाममा बालुवाटारमा हुने सहमति मात्रै आफूहरूलाई मान्य नहुने उनीहरूको भनाइ छ । यो समूहको असन्तुष्टिबीच कांग्रेसले पाँच दलबीच गठबन्धन गर्ने निर्णय गरेको थियो ।

नेता गुरुराज घिमिरेले कांग्रेसको अन्तरिम आयाम नमिने गठबन्धनका उम्मेदवारले नजित्ने चेतावनी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।