NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गठबन्धनको बैठकमा जान छाडे गगन

सभापति शेरबहादुर देउवामाथि दबाब बनाउन कांग्रेस महामन्त्री गगन थापाले गठबन्धनको बैठक बहिष्कारको नीति अंगीकार गरेका छन् । बन्दसूचीमा आफ्नो समूह नसमेटिएको भन्दै असन्तुष्ट उनले गठबन्धनकै बैठकमा जान छाडेका हुन् । ‘पछिल्लो चार दिनदेखि उहाँ गठबन्धनको बैठकमा सहभागी हुनुभएको छैन ।

आफ्नो समूहलाई पेलेरै जाने अवस्था देखेपछि बैठकमा सहभागी हुनुभएको छैन,’ एक कांग्रेस नेताले भने । केही समयअघि डेंगु संक्रमणका कारण महामन्त्री थापा गठबन्धन बैठकमा सहभागी भएका थिएनन् ।

पछिल्लो समय संक्रमणमुक्त भएपनि उनी आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छन् । तर, गठबन्धनको बैठकमा सहभागी हुने गरेका छैनन् । ‘गठबन्धनमा उहाँको खोजी भइरहेको छ, तर बैठकमा सहभागी हुनुभएको छैन,’ ती नेताले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष