NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कांग्रेसका समानुपातिक उम्मेदवार : भाइ, श्रीमती, छोरा, व्यापारी !

काठमाडौं । नेपाली कांग्रेसले संस्थापन पक्षका नेतालाई उच्च प्राथमिकतामा राखेर प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची बुझाएको पाइएको छ । बन्दसूचीको अग्रपंक्तिमा नेताका नातागोतादेखि व्यापारीसम्म समेटिँदा दलित, मधेसीको नाम भने अन्तिमतिर पुगेको छ ।

बन्दसूचीको पहिलो नम्बरमा विमलेन्द्र निधिको नाम राखेको कांग्रेसले आठौं नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा र नवौं नम्बरमा गृहमन्त्री बालकृष्ण खाणँ पत्नी मञ्जुलाई राखेको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महत चौथो, पूर्वराष्ट्रपति रामवरण यादव पुत्र डा. चन्द्रमोहन यादव यादव छैटौं नम्बरमा छन् ।

व्यापारिक पृष्ठभूमिका अनिल रुगांटाको नाम सातौं स्थानमा छ । विवादास्पद पात्रलाई पनि देउवाले बन्दसूचीको अग्रपंक्तिमा ठाउँ दिएका छन् । मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्याललाई देउवाले समानुपातिक सांसदको बन्दसूचीमा समेटेका हुन् । अर्याल ठगी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्ति हुन् । पछि उनी अदालतमा १७ धरौटी बुझाएर रिहा भएका थिए । ।

चिकित्सक पृष्ठभूमिका डा. केदारनरसिंह केसीलाई पनि कांग्रेसले बन्दसूचीमा राखेको छ । डा. केसी संस्थापनइतरका कांग्रेस नेता अर्जुननरसिंह केसीका भाइ हुन् ।

संस्थापनका नेतालाई प्राथमिकतामा राखेर बुझाइएको बन्द सूची हेर्दा समावेशी पाटो पनि कमजोर देखिन्छ । समानुपातिकको बन्दसूचीमा कांग्रेसले १०९ जनाको नाम समेटेको छ । जसमा दलित, मधेसीको नाम अन्तिमतिर मात्र भेट्न सकिन्छ ।

कांग्रेसमा समानुपातिकतर्फको बन्दसूचीलाई लिएर तीव्र असन्तुष्टि प्रकट भएको छ । शेखर कोइराला नेतृत्वको संस्थापनइतर समूहले बन्दसूची सच्याउन माग गर्दै त्यसो नभए चुनाव बहिस्कारसम्मका कदम उठाउन सक्ने चेतावनी दिएको छ ।

हेर्नुहोस् कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फको बन्दसूची