NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

५१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । आइतबार थप ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार ३ हजार २४ जनाको नमुना परिक्षण गर्दा पिसिआरबाट ४० र एन्टीजेनबाट ११ जना गरी कुल ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै गएको २४ घण्टाको अवधिमा सय जना संक्रमित निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् । पछिल्लो २४ घण्टामा १ हजार २२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

No photo description available.