NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरू निर्वाचन आयोगमा

काठमाडौं । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तक्र्रियामा सहभागी हुन निर्वाचन आयोग पुगेका छन् ।

निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ गएका छन् ।

यस्तै, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायत पनि उपस्थिति थिए ।