NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मन्त्रीले नै हटाए आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर !

काठमाडौं । मन्त्रालय र महत्वपूर्ण सरकारी कार्यालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने गरिन्छ । झनै मन्त्रीको कार्यकक्षमा त अनिवार्यजस्तो हो । तर, प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले भने कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् ।

उनले आइतबार आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि उनले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखेका छन् ।

संघीयताको पूर्ण कार्यान्वयनका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरर हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको राखेको मन्त्री यादवको भनाइ छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल– जिन्दावाद । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तबिर आइतबारदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यादव जसपाको प्रदेशसभा सदस्य हुँदै मन्त्री भएका हुन् ।

May be an image of 2 people and text that says 'Jayram Yadav 28m संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल- जिन्दावाद! रास्ट्रपति र प्रधानमन्त्री को फोटो हटाएर माननीय प्रदेश प्रमुख पर्शुराम खापुड ज्यु र माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राई ज्यु को तस्बिर आज देखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो| पहिचान सहितको- संघीय अभिवादन! Ram Pokharel and 68 others Like 13 comments Comment Share'