NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

हिमाचलमा पर्यटक बोकेको मिनीबस खस्यो, ७ को मृत्यु, १० घाइते

काठमाडौं (एजेन्सी) । भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लामा आइतबार साँझ भएको सवारी दुर्घटनामा सात पर्यटकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । उनीहरू सबै मिनीबसमा सवार थिए ।

कुल्लु जिल्लाका एसपी गुरदेव सिंहले आइतबार राति ८ः३० बजे पर्यटक बोकेको मिनीबस दुर्घटना भएको बताए।

दुर्घटनाग्रस्त सवारीसाधनमा राजस्थान, मध्य प्रदेश, हरियाणा र दिल्लीका पर्यटक सवार थिए । उनीहरूमध्ये केहीको पहिचान हुन बाँकी छ ।

स्थानीयवासीले प्रहरी प्रशासनलाई राहत र उद्धार कार्यमा सहयोग गरेका छन् ।

दुर्घटनाग्रस्त गाडी अनियन्त्रित भई गहिरो खाडलमा खसेको छ । स्थानीय बिजेपी विधायक सुरेन्द्र शौरीले बिहान घटनास्थलबाट एउटा भिडियो अपलोड गरेका छन् जसमा उनले दुर्घटना कुल्लुको बंजार तहसीलमा भएको बताएका छन्।

घाइतेहरूलाई बञ्जरको अस्पतालमा लगिएको छ जहाँ प्राथमिक उपचारपछि केहीलाई कुल्लु जिल्ला अस्पतालमा पठाइएको छ।