NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सुनको मूल्य स्थिर,चाँदी घट्यो

काठमाडौं । आइतबार एक हजार रुपैयाँले घटेको सुन सोमबार स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन तोलामा आइतबारकै मूल्य अर्थात ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी ११ सय ६० रुपैयाँ कायम छ । आइतबार यसको मूल्य तोलामा ११ सय ७० रुपैयाँ थियो ।