NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रेमगीत ३ हेरेर पुण्य गौतमल भने, ‘बाहुबली बिर्साइदियो’

काठमाडौं । नेकपा एमालेका नेता पुण्य गौतमले फिल्म ‘प्रेमगीत ३’को खुलेर तारिफ गरेका छन् । चर्चित बलिउड फिल्म ‘बाहुबली’ सँग तुलना गर्दै उनले आफूलाई प्रेमगीत ३ ले बाहुबली बिर्साइदिएको बताएका छन् ।

बाहुबली भारतमा हालसम्मबै बढी कमाइ गर्ने फिल्ममध्येमा पर्छ ।

निर्माण टोलीद्वारा आयोजित पत्रकार सम्मेलनमा आफूले प्रेमगीत ३ दुई पटकसम्म हेरेका भन्दै गौतमले यस्तो बताएका हुन् ।

गौतमले फिल्ममा अभिनित कलाकार सबैको अभिनय सवोत्कृष्ट रहेको बताएका छन् भने अभिनेता प्रदिप खड्कालाई उनले सबैभन्दा ‘ह्याण्डसम हिरो’ को उपाधी दिएका छन् । गौतमले फिल्मले बक्स अफिसमा हालसम्मकै बढी ग्रस कलेक्सन गर्ने भविष्यमाणी पनि गरेका छन् ।

फिल्मको प्रशंसासँगै उनले अभिनेता तथा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको आलोचना पनि गरे । केसीलाई नेपालमै बनेको फिल्मलाई हिन्दी करार गरेर कलाकारको खुट्टा नतान्न उनको सुझाव थियो ।

त्यस्तै अर्का निर्माता नवल खड्कालाई पनि उनले चुनौती दिँदै राष्ट्रवादका नाममा विश्वमाझ चिनाउने गरी बनेको फिल्मलाई विवादमा नमुछ्न बताएका छन् ।