NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

इष्टर्न हाइड्रोपावरको आइपिओ बाँडफाँट

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार (असोज ९ गते) बाँडफाँट गरिएको छ । भदौ ७ गतेदेखि प्रतिकित्ता एक सय अंकित दरमा ६ करोड २० लाख मूल्य बराबरको ६ लाख २० हजार कित्ता आइपिओ कम्पनीले भोजपुर जिल्ला आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्काशन गरेको थियो ।

जसमध्ये ५ लाख ६९ हजार ६९० कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीले बाँकी रहेको ५० हजार ३१० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्दा थप गरेर निष्काशन गर्ने छ ।