NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

२५ हजारभन्दा बढी डेंगु संक्रमित, ३२ को मृत्यु

काठमाडाैं । पछिल्लो समय नेपालमा डंगुले महामारीकै रूप लिइसको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ५१ जना डंगु संक्रमित थपिएका छन् ।

हालसम्म नेपालमा डंगुबाट संक्रमित हुनेको संख्या २५ हजार ५४३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०, त्यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।