NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

दुई महिनामै ११ करोडको मिनरल वाटर निर्यात

काठमाडाैं । चालु आवको दुई महिना अर्थात साउन र भर्दामा नेपालबाट ११ करोडभन्दा बढीको मिनरल वाटर विदेश निर्यात भएको छ । भन्सार विभागका तथ्यांअनुसार दुई महिनामा ११ करोड ५५ लाख ७१ हजार रुपैयाँको मिनरल वाटर निर्यात भएको छ ।

चालु आवको साउनमा मात्रै नेपालबाट भारतमा ५ करोड ७७ लाख ३४ हजारको मिनरल वाटर निर्यात भएको थियो ।

नेपालमा उत्पादित मिनरल वाटर जर्मनी र भारतलगायतका देशमा निर्यात हुँदै आएको छ । तथ्यांकअनुसार सबैभन्दा बढी भारतमा ११ करोड ५५ लाख ५८ हजार रुपैयाँको मिनरल वाटर छिमेकी मूलुक भारतमा निर्यात भएको छ । जर्मनीमा भने दुई महिनामा १३ हजारको मिनरल वाटर निर्यात भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष