NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सुरक्षित यात्राको कामना गर्दै ट्राफिक प्रहरीद्वारा चालकलाई फुलमाला

काठमाडाैं । चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकलाई आज काठमाडौँको नयाँ बसपार्कमा फुलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको छ ।

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र वसपार्कका पदाधिकारी सहितको टोलीले चालकलाई माला लगाएर सुरक्षित यात्राको कामना गरेको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिएका छन् ।

दशैं, तिहार लगायतका पर्वहरू मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढ्दो छ । यो समयमा थप सचेत भएर सवारी साधन चलाउन आवश्यक रहेकाले चालकलाई हौसला प्रदान गरिएको पनि प्रहरी नायब उपरीक्षक रोकाले बताएका छन् ।