NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

४८ दलले निर्वाचन आयोगमा बुझाएको बन्दसूची मिलेन, सच्याउन चार दिनको मौका

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक प्रतिस्पर्धाका लागि दलहरूले बुझाएको बन्दसूची त्रुटिपूर्ण रहेको भन्दै निर्वाचन आयोगले सच्याउन निर्देशन दिएको छ ।

आगामी ४ मंसिरका लागि तय प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिक निर्वाचनका लागि आयोगले असोज ३ गते उम्मेदवारको बन्दसूची बुझाउने समय दिएको थियो । जसमा सहभागिताका लागि ४८ दलले आवेदन दिएकोमा सबैको बन्दसूची त्रुटिपूर्ण देखिएको हो ।

निर्वाचन आयोग स्रोतले समानुपातिकका लागि ४८ दलले बन्दसूची बुझाएकोमा सबै त्रुटिपूर्ण रहेको जनाएको छ । आयोगले बन्दसूची सच्याउन असोज १४ गतेसम्मको समय दिएको छ ।

संविधानतः प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत चयन गर्नुपर्ने प्रावधान छ । जसअनुसार, प्रतिनिधिसभामा १ सय १० र प्रदेश सभामा २ सय २० सांसद समानुपातिकबाट छानिनेछन् । यसका लागि असोज ३ गते निर्वाचन आयोगमा दर्ता भएका ४८ दलले बन्दसूची बुझाएका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष