NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भदौमा यार्सागुम्बाको निर्यात घट्यो

काठमाडाैं । चालु आव २०७८/७९ को पहिलो महिना साउनको तुलानमा भदौ महिनामा यार्सागुम्बाको निर्यात घटेको छ । भन्सार विभागका अनुसार भदौ र साउनमा १९ करोड १७ लाख ६५ हजार रुपैयाँको यार्सागुम्बा आयात भएकोमा भदौमा ६ करोड ६९ लाख ८८ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको पाइएको हो ।

चालु आवको साउनमा भने १२ करोड ४७ लाख ७७ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको थियो । नेपालको बहुमूल्य जटीबुटीमध्यको एक जटीबुटी यार्सागुम्बा कम्बोडिया, फ्रान्स, सिंगापुर, जर्मनी, हङकङ कोरिया, युक्रेन, बेलायत, जापान थाइल्याण्डलगायतका मुलुकमा निर्यात हुने गरेको पाइएको छ ।

दुई महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी यार्सागुम्बा हङकङमा ९ करोड ९५ लाख रुपैयाँको १५८ केजी यार्सागुम्बा निर्यात भएको छ । त्यस्तै कम्बोडियामा ७ करोड ९ लाख २८ हजार रुपैयाँको ११३ केजी यार्सागुम्बा निर्यात भएको छ । यस्तै भेदनाममा एक करोड एक लाख ७२ हजार रुपैयाँको २३ केजी, अमेरिकामा ५१ लख ८६ हजारको ८ केजी, बेलायतमा २० लाख ६३ हजारको ८ केजी, सिंगापुरमा ३४ लाख ८१ हजारको ३ केजी, फ्रान्समा ३ लाखको १ केजी यार्सागुम्बा निर्यात भएको छ ।

गत आव अर्थात २०७८/७९ मा कुल ३० करोड ९२ लाख ३३ हजार रुपैयाँ बराबरको ५०३ केजी यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांक छ ।

के हो यार्सागुम्बा ?

नेपालको हिमाली भेगमा पाइने यार्सागुम्बा ढुसी र झुसिलकिरा एकसाथ जोडिएर बस्ने एक बहुमूल्य बनस्पति हो । यो ६ महिना किरा र ६ महिना वनस्पति भएर बस्तछ । जसअनुसार किरा मरे वनस्पति जीवित रहने र वनस्पति मरे किरा जीवित रहने हुन्छ ।

यी विरुवा उम्रेपछि यिनका जराहरु झुसिलकिराको शरिरमा फैलिन्छन् । त्यससमयमा झुसिलकिरा हिडडुँल गरिरहेकै हुन्छ । विस्तारै झुसिलकिरालाई वनस्पतिलाई ढाक्दै गएपछि झुसिलकिरा जमिनभित्र गएर मर्छ । झुसिलकिरा मरेपछि वनस्पतिले आफ्नो आहारा त्यही झुसिलकिराबाट प्राप्त गर्छ ।

झुसिल्किरा जमिनमा मरिसकेपछि बनस्पतिले आफ्नो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात् माटोमाथि जीवित रहन्छ, माटोमूनि मर्छ ।

माटोमाथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ । यसको रङ्ग कालो हुन्छ, जसको टुप्पोमा स–साना प्वालहरू हुन्छन्। ती प्वालभित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् ।