NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेपाल भर्सेस बंगलादेश : ‘हेड टु हेड’मा को अगाडि ?

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज दक्षिण एसियाली चिरपरिचित प्रतिद्वन्दी बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल काठमाडौंको दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजार र ५ हजारको टिकट दर तोकेको छ ।

नेपाल र बंगलादेशबीचको खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ ।

फिफा वरीयतामा बंगलादेश नेपालभन्दा पाँच स्थान माथि छ । नेपाल १७६ स्थानमा छ भने बंगलादेशको स्थान १५६ छ ।

नेपाल र बंगलादेशले हालसम्म १३ वटा खेल खेलेका छन् । जसमा दुवैले ४–४ पटक जित हासिल गरेका छन् । पाँच खेल भने बरारबीमा सकिएको छ ।

बंगलादेशले नेपालविरुद्ध १० गोल गर्दा नेपालले १ गोल कम अर्थात ९ गोल गरेको छ ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेशको फुटबल टोली आज नेपाल आउँदै

राष्ट्रिय टोलीमा नपरेकोमा नवयुगले पोखे असन्तुष्टि

बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली घोषणा, दुईजना नयाँ अनुहार

ताजा अपडेट

नेपालवाच विशेष