NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बंगलादेशविरुद्ध उत्रने नेपालको सुरुवाती ११ यस्तो छ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बंगलदेशविरुद्ध उत्रने सुरुवाती ११ घोषणा गरेका छन् ।

गोलरक्षक किरण चेम्जोङको कप्तानीमा उनले नेपालको सुरुवाती ११ घोषणा गरेका हुन् ।

रक्षकमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल रहेका छन् ।

यस्तै, मध्यपंक्तिमा तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई र सुजल श्रेष्ठ छन् ।

यसैगरी, अग्रपंतिमा विमल घर्तीमगर र अञ्जन विष्ट रहेका छन् ।

नेपाल र बंगलादेशबीचको खेल काठमाडौंको दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

नेपाल भर्सेस बंगलादेश : ‘हेड टु हेड’मा को अगाडि ?