NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

१५ वर्षीया बिरामीद्वारा अस्पतालमै आत्महत्या

काठमाडौं । बाँकेको एक अस्पतालमा उपचार। गराइरहेकी एक १५ वर्षीया बिरामीले आत्महत्या गरेकी छिन् ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी एक किशोरीले अस्पतालमै आत्महत्या गरेकी हुन् ।

पाठेघरको क्यान्सरको समस्या भएकी ती किशोरीले झुण्डिएर आत्महत्या गरेको बाँकी प्रहरीले जनाएको छ ।

उनी सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर १ धोरनेरी की स्थायी बासिन्दा हुन् । ती किशोरीले सोमबार मध्याह्न १२ बजेर ४५ मिनेट जाँदा अस्पतालको छतमा गइ

ढोकाको ह्यान्डिलमा पासो लगाइ आत्महत्या गरेको बताइएको छ ।

कुरुवा बसेकी आमा बाहिर गएको मौका पारेर उनले आत्महत्या गरेकी हुन् ।

ती किशोरी असोज ६ गतेदखि क्यान्सर अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी थिइन् ।