NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते
नेसन्स लिग

पोर्चुगललाई पाखा लगाउँदै स्पेन सेमिफाइनलमा, अन्तिम ४ समीकरण पूरा

काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन युइएफ नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको निर्णायक खेलमा घरेलु टोली पोर्चुगललाई १–० गोल अन्तरले हराउँदै स्पेनसेमिफाइनलमा प्रवेश गरेको हो ।

पोर्चगलको ब्रागामा भएको खेलको अन्त्यतिर अर्थात ८८ औँ मिनेटमा अल्भारो मोराले गोल गर्दै स्पेनको जित सुनिश्चत गरे ।

कप्तान क्रिस्टियानो रोनाल्डोलगायतका खेलाडीले पाएका केही अवसर गुमाएपछि पोर्चुगलले घरेलु मैदानमा स्पेनलाई नतिजा सुम्पियो ।

खेल बराबरीमात्र भए पनि पोर्चुगलले सेमिफाइनलको यात्रा तय गर्ने थियो । तर, त्यो हुन सकेन । स्पेनलाई स्पष्ट जित आवश्यक थियो, त्यो अन्तिम समयमा हासिल गर्यो ।

यससँगै नेसन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ ।

क्रोएसिया, नेदरल्याण्ड्स, इटाली र स्पेन अन्तिम चारमा पुगेका हुन् ।

सेमिफाइनलको ड्र हुन बाँकी छ । सेमिफाइनलका खेलहरू सन् २०२३ को जुनमा हुनेछन् ।

नेसन्स लिगको सेमिफाइनलमा यी तीन टोली पुगे, पोर्चुगल र स्पेनबीच निर्णायक खेल