NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कमेडी च्याम्पियन हिमेश रविको पार्टीबाट चुनाव लड्दै

काठमाडौं । रियालिटी शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने भएका छन् ।

आगामी मंसिर ४ मा हुने निर्वाचनमा उनी धादिङ १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन् । स्वतन्त्र पार्टीको धादिङ जिल्ला समितिले सो क्षेत्रबाट पन्तको नाम सिफारिस गरेको स्रोतले जनाएको छ ।

पन्त कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हुन् ।