NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मेसी बने सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने तेस्रो खेलाडी, को–को छन् पहिलो र दोस्रोमा ? (सूचीसहित)

काठमाडौं । अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लियोनल मेसी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने फुटबलरको तेस्रो स्थानमा उक्लिएका छन् ।

बुधबार बिहान जमैकाविरुद्ध दुई गोल गरेपछि मेसी चौथो स्थानबाट तेस्रोमा उक्लिएका हुन् ।

अमेरिकामा भएको उक्त खेल अर्जेन्टिनाले ३–० ले जित्याे । पहिलो गोल जुलयन अल्भारेजले गरे भने ५६ औँ मिनेटमा मैदानमा छिरेका मेसीले खेलको अन्त्यतिर दुई गोल गरेका थिए ।

जमैकाविरुद्धको जितसँगै अर्जेन्टिनाले ३५ खेलसम्म अपराजित रहने कीर्तिमान समेत राखेको छ ।

चार दिनअघि पनि मेसीले होण्डुरसविरुद्ध दुई गोल नै गर्दै गोल संख्या ८८ पुर्याएका थिए । आज पुनः दुई गोल गरेपछि गोल संख्या ९० पुगेको छ ।

मेसीले मलेसियाका खेलाडी मोख्तर दहरीको ८९ गोलको कीर्तिमानलाई उछिन्दै सूचीको तेस्रो स्थानमा उक्लिएका छन् ।

अब मेसीभन्दा धेरै गोल पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इरानका अली देईको मात्रै छ । पहिलो स्थानमा रहेका रोनाल्डोले ११७ गोल गरेका छन् ।

यस्तै, दोस्रो स्थानमा रहेका देईले १०९ गोल गरेका छन् । तर, देई भने सक्रिय खेलाडी होइनन् । यसर्थ, दुई–तीन वर्ष मेसीले राष्ट्रिय टोलीबाट सन्यास नलिएमा देईको कीर्तिमान भंग गर्ने सम्भावना छ । तर, अझै सक्रिय रहेका रोनाल्डोको कीर्तिमान भेट्न भने गाह्रो देखिन्छ ।

हेरौं सूची :

अर्जेन्टिना झण्डै साढे तीन वर्षसम्म अपराजित, कहिले पराजित भएको थियो अन्तिमपटक ?