NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

ब्राजिलको सर्वाधिक गोलकर्ता बन्ने दौडमा नेइमार, कति छ अब पेलेलाई उछिन्न ?

काठमाडौं । नेइमार ब्राजिल राष्ट्रिय फुटबल टोलीको सर्वाधिक गोलकर्ता हुने संघारमा पुगेका छन् ।

गएराति मैत्रीपूर्ण खेलमा ट्युनिसियाविरुद्ध ५–१ गोल अन्तरको फराकिलो जित निकाल्दा नेइमारले पनि पेनाल्टीमा एक गोल गरेका थिए ।

फ्रान्समा भएको उक्त खेलको ११ औँ मिनेटमा राफिन्हाले गोलको खाता खोलेका थिए । तर, मोन्तासार तल्बीले १८ औँ मिनेटमा ट्युनिसियालाई बराबरीमा ल्याएका थिए ।

तर, लगत्तै १९ औँ मिनेटमा रिचार्लीसनले गोल गर्दै फेरि ब्राजिललाई अग्रता दिलाए ।

ब्राजिल यतिमै रोकिएन । २९ मिनेटमा पेनाल्टीमा गोल गर्दै नेइमारले अग्रता दोब्बर बनाए । पुनः ४० औँ मिनेटमा गोल गर्दै रिचार्लीसनले ब्राजिललाई फराकिलो जिततर्फ धकेले ।

दोस्रो हाफका ब्राजिलले फेरि अर्को गोल थप्यो । ७४ औँ मिनेटमा पेड्रोले गोल गर्दै ब्राजिललाई ५–१ को फराकिलो जित दिलाए ।

Pele was on the verge of joining Real Madrid

यससँगै नेइमारले ब्राजिलका लागि गोल संख्या ७५ पुर्याएका छन् । अब उनी पेलेको सर्वाधिक ७७ गोलभन्दा दुईले मात्र टाढा छन् ।

नोभेम्बर २० देखि कतारमा सुरु हुने विश्वकपमा नेइमारले पेलेको कीर्तिमान तोड्दै ब्राजिलको सर्वाधिक गोलकर्ता हुने सम्भावना बलियो छ ।

सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा भने रोनाल्डो छन् । उनले ६२ गोल गरेका छन् ।

हेरौं सूची :

मेसी बने सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने तेस्रो खेलाडी, को–को छन् पहिलो र दोस्रोमा ? (सूचीसहित)