NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

अधिकारी र धिमाल एन्फाको सदस्यमा निर्वाचित, कार्यसमिति पूरा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।

एन्फाको आज बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट अधिकारी र धिमाल निर्वाचित भएका हुन् । निर्वाचित अधिकारी एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा समूहका हुन् भने धिमाल एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्बाङ समूहका हुन् ।

अधिकारीले ५४ मत प्राप्त गरे भने धिमालले ४७ मत प्राप्त गरे । सदस्यकै प्रत्याशी लोकन्द्र गुरुङले ४५ र दीपक थापाले सात मत प्राप्त गरे । यसअघि गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित भएका थिए ।

उक्त निर्वाचनमा चारजनाकै समान ३९ भोट आएको थियो जसको कारण दुई सदस्यको टुङ्गो लागेको थिएन । यी दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ ।

यसअघिको निर्वाचनमा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष र १३ सदस्य निर्वाचित भएका थिए ।