NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

डेंगुबाट एकैदिन चार जनाको मृत्यु, कति पुग्यो संक्रमितको संख्या ?

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकै दिन चार जनाको मृत्यु भएको छ ।

योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा बढी संक्रमित देखिएका छन् ।

हाल मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।