NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ ।

उनीहरुका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनको आज बिहान चार बजे निवासमै निधन भएको जनाइएको छ ।

मुख्यमन्त्री पाण्डे हेटौंडामा र एमाले नेता सुरेन्द्र पाण्डे चितवनमा छन्  । उनीहरु काठमाडौं आइपुगेपछि आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने बुझिएको छ ।