NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ मंसिर २२ गते

लोकसेवाका यी नौ प्रश्नको उत्तर कसरी लेख्ने ? यस्तो छ सहसचिव दाहालको ‘टिप्स’

जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा नेपाल सरकारका सहसचिव प्रकाश दाहालले लोकसेवा सोधिने प्रश्नका उत्तर लेख्ने विधि र त्यसमा समेट्नुपर्ने विषयबारे प्रष्ट पार्नुभएको छ ।

१. वातावरण र विकासबीचको अन्तरसम्वन्ध प्रष्ट पार्नुहोस् ? यस प्रश्नको उत्तर लेख्दा कुनै कुरा नछुटाई कसरी लेख्न सकिन्छ ?

यो प्रश्नको उत्तर लेख्दा वातावरण र विकासलाई अलग अलग एक एक वाक्यमा परिभाषित गरी यी दुबै विषयहरू अन्तरसम्बन्धित छन् भनेर देखाउन अर्को एक वाक्य लेखेर त्यस्ता अन्तरसम्बन्धलाई वातावरणले कसरी विकासमा प्रभाव पार्छ र विकासले वातावरणमा कसरी प्रभाव पार्छ भन्ने कुरालाई बुँदामा लेख्नु राम्रो हुन्छ । प्रभाव लेख्दा सकारात्मक र नकारात्मक दुबै खाले प्रभाव लेख्नु पर्ने हुन्छ ।

२. प्रश्नको शिर्षकमाथि समिक्षा गर्नुहोस् भनेमा कसरी उत्तर लेख्न सकिन्छ ?

समीक्षा गर्नुहोस् भन्ने प्रश्नको उत्तर लेख्दा सम्बन्धित विषयका सम्बन्धमा विद्यमान व्यवस्थाको संक्षेपमा चर्चा गरी त्यसबाट प्राप्त उपलब्धी र त्यसमा रहेका कम्जोरी वा समस्याहरूलाई बुँदागत रूपमा लेख्नु पर्छ । समीक्षा गर्दा अलग्गै मागेको अवस्थामा बाहेक सुझाव दिइरहनु भने पर्दैन ।

३. वातावरण र विकासबीचको अन्तरसम्वन्ध प्रष्ट पार्नुहोस् ? यस प्रश्नको उत्तर लेख्दा कुनै कुरा नछुटाई कसरी लेख्न सकिन्छ ?

यो प्रश्नको उत्तर लेख्दा वातावरण र विकासलाई अलग अलग एक एक वाक्यमा परिभाषित गरी यी दुबै विषयहरू अन्तरसम्बन्धित छन् भन्न देखाउन अर्को एक वाक्य लेखेर त्यस्ता अन्तरसम्बन्धलाई वातावरणले कसरी विकासमा प्रभाव पार्छ र विकासले वातावरणमा कसरी प्रभाव पार्छ भन्ने कुरालाई बुँदामा लेख्नु राम्रो हुन्छ । प्रभाव लेख्दा सकारात्मक र नकारात्मक दुबै खाले प्रभाव लेख्नु पर्ने हुन्छ ।

४. पारर्दशिता र सूचनाको हकबीच कुन चाही वृहत अवधारणा हो ? यी दुइ बीचको समानता र भिन्नता कसरी लेख्न सकिन्छ ?

पारदर्शिता र सूचनको हक कुनै एक ठूलो र अर्को सानो विषय होइनन । तर यिनीहरू एक अर्कामा अन्योन्याश्रिम वा अन्तरसम्बन्धित विषय भने पक्कै हुन । अर्को तरिकाले भन्नु पर्दा पारदर्शिता परिणाम हो भने सूचनाको हक पारदर्शिता कायम गर्ने औजार हो । सूचनाको हकले पारदर्शिता प्रवद्र्धन गर्न मद्धत गर्छ भने पारदर्शिता कायम गर्न सके सूचनाको हक कार्यान्वयन गर्न सजिलो हुन्छ । यही अर्थमा आधारित भएर यी दुई बीचको भिन्नतालाई टेवलमा तुलनात्मक ढंगले प्रस्तुत गर्नु राम्रो हुन्छ ।

५. ‘अबको शासन भनेको नै सुशासन हो’ । यस कथनलाई कसरी पुष्टि गर्न सकिन्छ ?

यस्तो कथनलाई पुष्टि गर्न सुशासनको परिभाषा, विशेषता, विधि र महत्वलाई संक्षिप्त रूपमा लेखी वर्तमान विश्वमा शासन प्रणालीबाट अपेक्षा गरिएका उपलब्धीहरूको पहिचान गरेर सुशासनले त्यस्ता अपेक्षित उपलब्धी हासिल गर्न कसरी योगदान पुर्याउँछ भनी लेख्नु पर्ने हुन्छ ।

६. व्यवस्थापनको आधुनिक दृष्टिकोण भन्नाले के बुझिन्छ ?

व्यवस्थापनको आधुनिक दृष्टिकोण भन्नाले सन् १९८० पछि विकास भएका व्यवस्थापनका नवीन अवधारणाले अघि सारेका मान्यता र सिद्धान्तहरूलाई बुभिन्छ । अर्थात नयाँ सार्वजनिक व्यवस्थापन, सरकारको पुर्नआविष्कार, नयाँ सार्वजनिक सेवा, नयाँ सार्वजनिक शासन जस्ता अवधारणाले अघि सारेका मान्यताहरूको प्रयोग नै व्यवस्थापनको आधुनिक दृष्टिकोण हो ।

७. पारर्दशिता र सूचनाको हकबीच कुन चाही वृहत अवधारणा हो ? यी दुइ बीचको समानता र भिन्नता कसरी लेख्न सकिन्छ ?

पारदर्शिता र सूचनको हक कुनै एक ठूलो र अर्को सानो विषय होइनन । तर यिनीहरू एक अर्कामा अन्योन्याश्रिम वा अन्तरसम्बन्धित विषय भने पक्कै हुन । अर्को तरिकाले भन्नु पर्दा पारदर्शिता परिणाल हो भने सूचनाको हक पारदर्शिता कायम गर्ने औजार हो । सूचनाको हकले पारदर्शिता प्रवद्र्धन गर्न मद्धत गर्छ भने पारदर्शिता कायम गर्न सके सूचनाको हक कार्यान्वयन गर्न सजिलो हुन्छ । यही अर्थमा आधारित भएर यी दुई बीचको भिन्नतालाई टेवलमा तुलनात्मक ढंगले प्रस्तुत गर्नु राम्रो हुन्छ ।

८. ‘अबको शासन भनेको नै सुशासन हो’ । यस कथनलाई कसरी पुष्टि गर्न सकिन्छ ?

यस्तो कथनलाई पुष्टि गर्न सुशानको परिभाषा, विशेषता, विधि र महत्वलाई संक्षिप्त रूपमा लेखी वर्तमान विश्वमा शासन प्रणालीबाट अपेक्षा गरिएका उपलब्धीहरूको पहिचान गरेर सुशासनले त्यस्ता अपेक्षित उपलब्धी हाँसिल गर्न कसरी योगदान पुर्याउँछ भनी लेख्नु पर्ने हुन्छ ।

९. व्यवस्थापनको आधुनिक दृष्टिकोण भन्नाले के बुझिन्छ ?

व्यवस्थापनको आधुनिका दृष्टिकोण भन्नाले सन् १९८० पछि विकास भएका व्यवस्थापनका नवीन अवधारणाले अघि सारेका मान्यता र सिद्धान्तहरूलाई बुभिन्छ । अर्थात नयाँ सार्वजनिक व्यवस्थापन, सरकारको पुनर्आविष्कार, नयाँ सार्वजनिक सेवा, नयाँ सार्वजनिक शासन जस्ता अवधारणाले अघि सारेका मान्यताहरूको प्रयोग नै व्यवस्थापनको आधुनिक दृष्टिकोण हो ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना nepalwatch2020@gmail.com मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

लोकसेवाको प्रश्नमा उपमहालेखा नियन्त्रक विष्णुहरि बरालको समाधान

 

मानव संसाधन व्यवस्थापन, यसका विशेषता र कार्यहरू

सरकारको भूमिका र कार्यक्षेत्रमा विकसित अवधारणाबारेकाे प्रश्नमा उपमहालेखा नियन्त्रक बरालको समाधान

लोकसेवाका यी प्रश्नको उत्तर कसरी दिने ? यस्तो छ सहसचिव दाहालको टिप्स

पदसोपान पद्धतिका मान्यता र निर्णय प्रक्रियाबारे सहसचिव पाण्डेको समाधान

निजामती प्रशासनमा व्यावसायिकता विकासको प्रश्न, उपमहालेखा नियन्त्रक बरालको समाधान

व्यवस्थापकीय नेतृत्वको कार्य र सार्वजनिक व्यवस्थापनको प्रश्न, सहसचिव डा. पाण्डेको समाधान

पाठक प्रश्नमा पूर्वसचिव शिशिर ढुंगानाको समाधान

 

ताजा अपडेट

नेपालवाच विशेष