NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

इञ्जिनियरिङ एक्सपोमा रोबर्टहरूले फुटबल खेल्ने, युद्ध गर्ने

काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय स्तरमा बृहत् इञ्जिनियरिङ एक्सपो हुने भएको छ । नेपाल र भारतका विभिन्न संस्थासँगको सहकार्यमा आगामी मंसिर २३ र २४ गते काठमाडौंमा एक्सपो हुँदैछ ।

इञ्जिनियर्स भ्लग्स् अर्गानाइजेसनको आयोजनामा हुन लागेको एक्सपो रोर्बटहरूले फुटबल खेलसमेत खेल्ने छन् । त्यसैगरी एक्सपोमा रोबोवार अर्थात रोर्बटहरूबीच युद्ध पनि गराइनेछ ।

एक्सपोलाई आविस्कारिकसँगै मनोरञ्जनात्मक बनाउन सांस्कृतक साँझको पनि आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष आशुतोष कर्णले जनाए ।

उनका अनुसार प्रर्दशनीमा कम्प्युटरको सफ्टवेयर सुरक्षासम्बन्धी ह्याक्याथन, विभिन्न कलेज तथा विश्वविद्यालयले तयार पारेका सिभिल, इलेक्ट्रोनिक्स, अर्किटेक्चर प्रोजेक्ट सामग्रीलगायत प्रर्दशनीमा राखिनेछ ।

विशेषगरी, इञ्जिनियरिङ संकायमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै प्रर्दशनीमा सिभिल, इलेक्ट्रीकल, मेकानिकललगायत सबै क्षेत्रका इञ्जिनियरहरूको सहभागिता रहनेछ ।

‘इञ्जिनियरिङ क्षेत्रमा पछिल्लो समय भएको प्रविधिको विकास र यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी आदनप्रदान गर्नका लागि कार्यक्रम आयोजना गरेका हौं,’ अध्यक्ष कर्णले भने, ‘कक्षा १२ देखि नै विद्यार्थीहरूमा इञ्जिनियरिङप्रति रुचि बढाउने पनि कार्यक्रमको उद्देश्य हो ।’

सातै प्रदेशका क्याम्पस र विश्वविद्यालयमा इञ्जिनियरिङ विषय अध्ययन गरिहेका विद्यार्थीको सहभागिता रहने प्रर्दशनीमा उत्कृष्ट प्रर्दशन गर्ने समूहलाई नगद पुरस्कारका साथै आइआइटी मुम्बईको टेकफेस्ट इन्टरनेश्नलमा थप अध्ययनका लागि जाने अवसर प्रदान गरिने अध्यक्ष कर्णले बताए ।

८० भन्दा बढी इञ्जियरिङसम्बन्धी स्टल रहने प्रर्दशनीमा सहभागिताका लागि दर्ता प्रक्रिया शुरु भइसकेको छ । काठमाडौंको एड्भान्स इञ्जिनियरिङ कलेज, कलंकीमा हुने प्रदर्शनमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।