NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जसपाका कार्यकर्ताले जलाए राष्ट्रपतिको पुत्ला

काठमाडौं । संसद्को दुवै सदनले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएका छन् ।

राष्ट्रपतिको कदमले नेपाली नागरिकलाई गैरनागरिक बनाउने भन्दै जनता जसपाका युवा, विद्यार्थी तथा महिला संगठनहरूले उनको पुत्ला जलाएका हुन् ।

राजविराजस्थित शिव मन्दिरबाट निस्किएको जुलुस नगर परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगेका सहभागीहरूले राष्ट्रपति भण्डारीविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए ।

त्यसपछि उनीहरूले राष्ट्रपतिको पुत्ला जलाएका थिए ।