NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका–७ को हरैया पुलस्थित भित्री सडकखण्डमा प्रदेश २–०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक ३६ वर्षीय सुनिल कुश्मी भने सामान्य घाइते छन् ।