NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गगन थापा भन्छन्- अब १० वर्षमात्रै राजनीति गर्छु

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले अबको १० वर्षमात्रै आफू सक्रिय राजनीतिमा रहने घोषणा गरेका छन् ।

काठमाडौं ४ मा पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले लामो समय पदमा बसेर ओगट्नेभन्दा अबको १० मात्रै आफू सक्रिय राजनीतिमा रहने घोषणा गरेका हुन् ।

‘पार्टीभित्र शुद्धिकरण गर्नुपर्ने अवस्था आएको छ । पार्टीभित्र नयाँ संघर्ष गर्नुपर्ने अवस्था आएको छ । यसका लागि आफ्नै पार्टीमा विद्रोह गर्नुपर्ने अवस्था आइसकेको छ’ थापाले भने, ‘अब सबै कार्यकर्तालाई निराश बनाउने पक्षमा म छैन । मेरो लागि अब राजनीति गर्ने समय मात्रै १० वर्ष मात्रै छ । त्यसपछि अघि बढ्न यही राजनीतिमात्रै छैन ।’

पार्टीमा शुद्धिकरण गर्न नसकिए चुनावको लागि मात्रै राजनीति देखिने, सत्ताभन्दा केही नदेखिने अवस्था आउने उनको भनाई छ ।

चुनाव जित्नमात्रै पार्टी नबनाएको भन्दै उनले उद्यम गर्न पाउने, उद्यमीका उत्पादनले बजार पाउने, रोजगार वृद्धि गरेर यही गरिखान सक्ने वातावरण बनाउनुपर्ने पनि बताए ।

थापा ४ मंसिरमा हुने निर्वाचनमा यही क्षेत्रबाट फेरि उठ्दैछन् । थापा काठमाडौं ४ बाट लगातार दुईपटक निर्वाचित भइसकेका छन् । यसपटक जिते उनले जितको ह्याट्रिक गर्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष