NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

थप ६३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ३० र एन्टिजेन परीक्षणबाट ३३ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै, शुक्रबार १०३ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट कसैको मृत्यु भएको छैन। अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ रहेको मन्त्रालयले जनाएकाे छ ।

No photo description available.