NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

डा. यादव सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशक

काठमाडौं । डा. रामदेव यादव सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशक भएका छन् ।

यस अघि आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत वरिष्ठ डाक्टर यादव वैद्यखाना कार्यसमितिको निर्देशक भएका हुन् ।

स्वास्थ्य मन्त्रालयको असोज ११ को पत्रानुसार यादव शुक्रबारदेखि वैद्यखानामा हाजिर भएका छन् ।

आयुर्वेद चिकित्सालय नरदेवीको पूर्व निर्देशक तथा आयुर्वेद विभागको पूर्व महानिर्देशक भएर काम गरिसकेका यादव वरिष्ट कन्सल्ट्यान्ट चिकित्शक  हुन्।