NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कांग्रेसको भागमा परेका ७ वटै प्रदेशका ८७ सिट कुन–कुन हुन् ?

काठमाडौं । कांग्रेसले सत्ता गठबन्धनको भागबण्डामा देशभरका १६५ प्रतिनिधिसभाका प्रत्यक्षमा ८७ सिट पाएको छ ।

सत्तारुढ दलबीच भएको अहिलेसम्मको मोटामोटी सहमति अनुसार कांग्रेसले १६५ सिटमा ८७ वटा सिट भागबण्डामा पाएको हो । सत्तारुढ दलले लामो छलफलपछि भागबण्डाको मोटामोटी सिट टुंगो लगाएका हुन् ।

प्रादेशिक आधारमा कांग्रेसले सबैभन्दा बढी सिट मधेस प्रदेशमा पाएको छ । मधेसमा १८, प्रदेश १ मा १७, वागमतीमा १५, गण्डकी र लुम्बिनीमा १२/१२ सिट कांग्रेसले पाएको छ । कर्णालीमा ५ र सुदूरपश्चिममा कांग्रेसको भागमा ८ सिट परेको छ ।

माओवादी र नेकपा एसले कति पाए ?

माओवादीले ४८, समाजवादी १५, जसपा १३ र राष्ट्रिय जनमोर्चाले एक सिट पाउने मोटामोटी सहमति भएको छ । प्रदेशका क्षेत्र मिलाउँदा यो भागबण्डमा दलीय सिट संख्या एक दुईको संख्यामा तलमाथि पर्न सक्ने गठबन्धनका एक नेता बताउँछन् ।

‘कांग्रेसको भागमा ८७ सम्मको हिसाब निकालिएको छ । गठबन्धनमा फेरि सहमति हुँदा कांग्रेस २ सिट जति झरेर ८५ सम्ममा पनि आउन सक्छ’ ती नेता भन्छन्, ‘बाबुराम र वामदेव पनि जोडिंदा अन्तिमसम्म दलहरूको सिटसंख्या एक दुईले तलमाथि हुनेछ ।’
कांग्रेसले कुन प्रदेशका कुन सिट पाउँदैछ ?

प्रदेश १ बाट १७ सिट

झापा १, ३, ४
पाँचथर
इलाम २
धनकुटा
तेह्थुम
ओखलढुंगा
उदयपुर १
संखुवासभा
मोरङ १, २, ३, ६,
सुनसरी २, ३, र ४

प्रदेश २ बाट १८ सिट

सप्तरी ३ र ४
सिरहा १ र २
सर्लाही ४
सर्लाहीका थप २
रौतहट २ र ४
सिरहा १ र २
धनुषाका २, ३, ४
महोत्तरी २ र ३
बारा १
पर्सा ३ र ४

वागमती प्रदेशबाट १५

सिन्धुली १
दोलखा
रसुवा
धादिङ २
काभ्रे २
सिन्धुपालञ्चोक २
काठमाडौं १, ३, ४, ५, ६ र १०
भक्तपुर १ र २
ललितपुर १, २
चितवन १ र २
मकवानपुर १
नुवाकोट २

गण्डकी प्रदेशबाट १२

मनाङ
मुस्ताङ
कास्की १
नवलपुर १, २
म्याग्दी
पर्वत
स्याङ्जा १ र २
तनहुँ १ र २
गोरखा १

लुम्बिनी प्रदेशबाट १२

नवलपरासी (बर्दघाट सुस्ता) २
दाङ ३
गुल्मी १
पाल्पा १
कपिलवस्तु २ र ३
बर्दिया १
बाँके ३
अर्घाखाँची
रूपेन्देही ३, ४, ५

कर्णाली प्रदेशबाट ५

सुर्खेत १ र २
मुगु
हुम्ला
दैलेख २

सुदूरपश्चिम प्रदेशबाट ८

डडेलधुरा
दार्चुला
बाजुरा
कञ्चनपुर २ र ३
कैलाली १, ४ र ५

माओवादी र नेकपा एसको सिट टुंगो लाग्यो, सत्तारुढ दल कसले कति सिट पाउँदैछन् ?