NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

समानुपातिक बन्दसूची संशोधन गर्ने समयसीमा आइतबार सकिँदै, यस्तो छ कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन दलहरूलाई दिएको समयसीमा आज सकिँदैछ ।

असोज २ र ३ गते दलहरूले बुझाएको बन्दसूचीमा रहेको त्रुटि संशोधनका लागि आयोगले असोज १० देखि १६ गतेसम्मको समयाअवधि तोकेको थियो ।

समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए । १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आज आयोगमा बोलाइएको छ । प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका थिए ।

समानुपातिकतर्फ राजनीतिक दलहरूलाई उम्मेदवारको बन्दसूची पेश गर्ने तयारी लागि भदौ १५ देखि असोज १ समयसीमा तोकिएको थियो । असोज २ देखि ३ सम्म उम्मेदवारको बन्दसूची पेश गर्ने समय निर्धारण गरेको थियो ।

असोज ४ देखि ९ सम्म उम्मेदवारको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउन आयोगले दलहरूलाई सूचित गरेको थियो। असोज १० देखि १६ सम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गर्ने समय निर्धारण गरेको थियो ।
त्यस्तै असोज १७ गते बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा निवेदन दिने, बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएको जानकारी सम्बन्धित दललाई जानकारी दिने समय तय गरेको छ ।

असोज २० देखि २२ सम्म उम्मेदवारले नाम फिर्ता लिएपछि रिक्त रहेको स्थानमा सोही समूहका उम्मेदवार मनोनयन गरी उम्मेदवारको नामावली सम्बन्धित दलले आयोगमा पेश गर्ने र सोही दिन आयोगले उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।
असोज २३ देखि २९ सम्म बन्दसूचीमा भएका उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिने समय निर्धारण गरेको छ । असोज ३० देखि कत्तिक ५ सम्म दाबी विरोधको निवेदन उपर जाँचबुझ गरी निर्णय लिनेछ । कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।