NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

दमकमा मनाए ओलीले दशैं, सर्वसाधरणलाई लगाइदिए टीका

काठमाडौं । दशैं मनाउन तीन दिनदेखि गृहनगर दमकमा रहेका एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले विजय दशमीको अवसरमा सर्वसाधरणलाई टीका लगाइदिएका छन् ।

ओलीको हातबाट टीका तथा प्रसाद ग्रहण गर्न उनको निर्वाचन क्षेत्र वरपर र बाहिरबाट सर्वसाधर ओली निवासमा आएका थिए । करिब १ घण्टासम्म उनले बालबालिकालाई टीका लगाएर आर्शिवाद दिएका छन् । ९१ वर्षे बुवा मोहनप्रसाद ओलीबाट टीका तथा प्रसाद ग्रहण गर्नकालागि सोमबार ओली झापा पुगेका थिए ।