NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

छोरी बुहारी नाति–नातिनालाई प्रचण्डले लगाइदिए टीका

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी, बुहारी र नाति–नातिनालाई विजया दशमीको टीका लगाइदिएका छन् ।

प्रचण्ड निवास खुमलटारमा छोरीहरू रेनु दाहाल, गंगा दाहाल, बुहारी बिना मगरलगायत नाति–नातिनारूलाई टीका लगाएपछि उनले सामूहिक तस्बिर खिचाएका थिए ।

तस्बिरमा उनले टीका लगाएका छैनन् । श्रीमती सीता दाहाल पनि देखिएका छैनन् । केही वर्षदेखि परिवारसँग प्रचण्डले दशैं मनाउँदै आएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष